site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सल्यानमा साढे दुई किलो अफिमसहित दुईजना पक्राउ
Sarbottam CementSarbottam Cement

दाङ । साढे दुई किलो प्रतिबन्धित लागुऔषध अफिमसहित सल्यानबाट दुईजना व्यक्ति पक्राउ परेका छन् ।

सल्यानको शारदा नगरपालिका वडा नं- ७ कजेरी निवासी २८ वर्षीय झक्कुप्रशाद बोहोरा र बागचौर नगरपालिका वडा नं- १० पिपलनेटा निवासी ४५ वर्षीय टेकमप्रसाद शर्मालाई प्रहरीले अफिमको ओसारपसार र कारोबार गरेको अभियोगमा पक्राउ गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डीएसपी ढकेन्द्र खतिवडाका अनुसार पश्चिम रुकुमवाट काठमान्डौं तर्फ जाँदै गरेको सिस्ने हिमाल यातायात प्रालीको ना ५ ख ४९९५ नम्बरको बसबाट मंसिर १५ गते उक्त परिमाणाममा अफिमसहित दुई जनालाई पक्राउ गरिएको हो ।

राप्ती राजमार्ग अन्तरगत सल्यानको बागचौर नगरपालिका वडा नं। ५ बाङ्गेलाखुरी बाट दाङतर्फ आउँदै गरेको उक्त बस गोप्य सूचनाका आधारमा खानतलासी गर्दा अफिमसहित उनीहरु पक्राउ परेको डीएसपी खतिवडाले जानकारी दिए ।

Global Ime bank

पक्राउ परेका मध्य ४५ वर्षीय शर्मा सोही बसका चालक हुन । बरामद भएको अफिम शर्माको झोलावाट बरामद भएको हुँदा उनको पनि प्रतिवन्धित आगुऔषध ओसार पसार तथा बिक्रि गर्ने कार्यमा संलग्न रहेको खुल्न आएको डीएसपी खतिवडाले बताए ।

बसका चालकसमेत आर्थिक लालचमा परेर अवैध लागु औषध बारोवार तथा ओसार पसारगर्ने कार्यमा सम्लग्न देखिनुले प्रहरीले नयाँ ढंगले सोच्नुपर्ने अवस्था आएको डीएसपी खतिवडाले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  १४:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement