site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महाकाली नदी पूर्वका सबै भूभाग फिर्ता लिन सरकारले पहल गर्नुपर्छ : देउवा

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाकाली नदी पूर्वका सबै भूभाग फिर्ता लिन सरकाले पहल गर्नुपर्ने बताएका छन् । 

उनले भारतीय सुरक्षा बल रहेको कालापानी नेपालको भूमि भएकोसमेत दाबी गरेका छन् । 

सभापति देउवाले बैठकमा "भारतीय सुरक्षा बल रहेको कालापानी लगायतको भुमी नेपालको हो । कालापानी पश्चिमको नदि महाकाली नदि हो। महाकाली नदी पुर्वका हाम्रा सबै भुभाग फिर्ता लिन सरकारले उच्च स्तरीय कुटनैतिक र राजनैतिक पहल गर्नुपर्ने" बताएका थिए । 

भारतले आइतबार नयाँ नक्सा सार्वजनिक गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ । उक्त नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुरा पनि समावेश गरेकोले उक्त भूभाग नेपालको भएकोले हटाउन पहल गर्नुपर्ने भन्दै विरोध भइरहेको छ । 

उक्त विषयमा छलफल गर्न प्रधानमन्त्री केपीशर्मा ओलीले सबै राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरु, पूर्वपरराष्ट्रमन्त्रीहरु तथा सरोकारवाला व्यक्तिलाई बालुवाटार बोलाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  २१:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro