site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेका दुई पक्षबीच धनुषामा झडप
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का दुई पक्षबीच धनुषामा झडप भएको छ । एमाले धनुषाको आठौँ जिल्ला अधिवेशनका क्रममा मंगलबार (वैशाख २३) झडप भएको हो । झडपक्रममा केही नेता–कार्यकर्ता घाइते भएका छन् ।

अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयमा दुई पक्षबीच विवाद भएको थियो । विवाद उग्र र जनकपुरस्थित अधिवेशनस्थलमा झडपसम्म भयो ।

यही वैशाख २० गतेदेखि अधिवेशन जारी छ । पार्टीको आन्तरिक विवाद भएको र हाल अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एवं एसपी नरहरि रेग्मीले बताए । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया थालिएको हो । भोला यादव र लक्ष्मीनारायण यादवले एमालेको धनुषा अध्यक्ष पदमा उमेदवारी दिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १६:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro