site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले राजसंस्था जनमतमा गएर वा आन्दोलनबाट नभई छलकपटबाट फालिएको बताएका छन् । मंगलबार (वैशाख २३) प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

कसैको राजनीतिक आस्थामाथि प्रहार गर्न राम्रो नहुनेमा उनले जोड दिए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई बाघको संज्ञा दिए । रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्न नसक्ने उनले टिप्पणी गरे ।

“कसैको राजनीतिक आस्थामाथि ठाउँठाउँमा प्रश्न भएको छ । अघि यहाँ एकजना माननीयज्यूले भन्नुभयो, बाघ होइन भन्नुभयो । बाघ बाघै हो,” उनले भने, “रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन ।”

उनले हालका कतिपय राजनीतिक दलको जन्म विदेशमा भएको जिकिर गरे । यसको प्रमाण राजदूत भइसकेका व्यक्तिको अभिव्यक्तिबाट मिल्ने उनको भनाइ थियो ।

“तपाईंहरूको यो क्रान्ति केके भन्नुहुन्छ, कहाँबाट आयो भन्ने कुरा त स्पष्ट थाहा छ नि ! हरेकको जन्म त विदेशमै भएको हो नि त । चाहे १२ बुँदेको कुरा गर्नुस्, चाहे नेताहरू लुक्ने कुरा गर्नुस् । यो मैले भनेको होइन, पूर्वराजदूतहरूले बोलेका स्टेटमेन्ट हेर्नुस् न,” उनले भने ।

हालको संविधान र व्यवस्था विदेशीले ल्याइदिएको उनको भनाइ थियो । “स्वयं भारतका तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजले संसद्मा बोलेको – तपाईंहरूले राजा कसरी फाल्नुभयो – विदेशीको आडमा स्पष्ट भन्नुभएको छ,” उनले भने, “यो संविधान र व्यवस्था त उनीहरूले ल्याइदिएको हो नि त ।”

उनले अगाडि भने, “त्यसैले राष्ट्रवादी भनेको राष्ट्रवादी हुन्छ । बाघ बुढो भए पनि बाघै हो । बिरालोको रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन्छ त ? त्यसैले यो देशको इतिहास हो, राजसंस्था । बाघ बाघै हो । रङ मिल्यो भन्दैमा बिरालो बाघ हुन सक्दैन, राजा राजै हो ।” न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro