site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाङ उपनिर्वाचन : १४ जनाको उमेदवारी दर्ता 
Argakhachi Cement Island Ad

दाङ । दाङ -३ (ख) बाट प्रदेशसभा सदस्यका लागि दलहरुले उमेदवारी दर्ता गराएका छन् । सबैभन्दा पहिले नेपाली कांग्रेसका उमेदवार केशव आचार्यले उमेदवारी दर्ता गराए भने त्यसपछि नेकपाका उमेदवार विमला खत्री (वली)ले दर्ता गराइन् ।

त्यसैगरी राप्रपाकोतर्फबाट भुपाल रावत, साझा पार्टीकातर्फबाट शिबकुमार चौधरी, राष्ट्रिय जनमुक्ति पार्टीकातर्फबाट धनराज सुनार, नेमकिपाबाट सुरेश परियार, राप्रपा संयुक्त छोटिलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लिबहादुर डाँगी, मंगोल नेशनल पार्टीवाट घनश्याम चौधरी, लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, नेका (बी. पी)बाट दीपककुमार धिताल तथा स्वतन्त्रबाट गोबिन्द विसी र टिकाराम आचार्यले पनि उमेदवारी दर्ता गराएका छन् । 

जिल्ला निर्वाचन कार्यालय दाङको नयाँ तथ्याङ्क अनुसार जिल्लाका दुई उपनिर्वाचन हुने स्थानमा ७३ हजार १ सय ७२ जना मतदाता छन् । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २१, २०७६  १६:१०
प्रतिक्रिया दिनुहोस्