site stats
बाह्रखरी :: Baahrakhari
देश
७८ हजार नगदसहित सात जुवाडे पक्राउ
Argakhachi Cement Island Ad

चितवन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा आज ७८ हजार नगदसहित सातजना जुवाडेलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका वडा नम्बर २ बालकुमारी रोडस्थित एक घरमा जुवातास खेलाइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । 

तनहुँ स्थायी घर भएका राजेश कुमार विकले सो स्थानमा डेरा लिएर जुवातास खेलाइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी कार्यालय, चितवनका प्रवक्ता एक नारायण कोइरालाले जानकारी दिए । उनीहरुको साथबाट नगद ७८ हजार ५ सय पाँचसहित बरामद गरी कानुनी कारवाही अघि बढाइएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०७६  १७:५०
प्रतिक्रिया दिनुहोस्