site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राप्ती स्वास्थ्य प्रतिष्ठानमा अत्याधुनिक ल्याब र डेण्टल सेवा सुरू

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अत्याधुनिक ल्याव र डेण्टल सेवाको सुरू भएको छ ।

प्रतिष्ठानले आफ्नो पहिलो स्थापना दिवसको अवसर पारेर पछिल्लो पटक अत्याधुनिक ल्याव र डेण्टल सेवाको सुरुवात गरेको हो । अत्याधुनिक ल्यावको उद्घाटन राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले गरेकी थिइन् । यस अवसरमा प्रतिष्ठानकी उपकुलपति प्रा डा संगिता भण्डारीले अब ल्याब परीक्षणका लागि बिरामी बाहिर जानु नपर्ने बताइन् । 

Argakhachi Cement Island Ad

उनले सबै प्रकारको ल्याब परीक्षण प्रतिष्ठान भित्र हुने भएकाले सेवाको सदुपयोग गर्न आग्रह गर्दै प्रतिष्ठानको स्रोत साधनलाई उपयोग गरेर प्रतिष्ठानलाई राम्रो बनाउन प्रयास गरेको स्थापना दिवसको अवसरमा बताएकी थिइन् । 

ल्याबको उद्घाटन गरेकी सांसद देवकोटाले आफ्नो रगत चेकजाँच गराएकी थिइन् । ल्याबको उद्घाटन गर्दै सांसद देवकोटाले प्रतिष्ठान साझा सम्पत्ति भएको भन्दै यसको विकासका लागि राजनीतिकरण नगर्नसमेत आग्रह गरिन् । 

उनले बजेटको प्रबन्ध गरेर प्रतिष्ठानको सेवा जति सक्यो सुधार गर्नतर्फ सबैले ध्यान दिनुपर्ने बताइन् । नयाँ उपकरणहरु ल्यावमा ल्याइएको र दक्ष जनशक्ति भर्ना गरेर सेवा प्रारम्भ गरीएको प्रतिष्ठानका रजिष्टार रामप्रशासाद प्याकुरेलले बताए । 

त्यस्तै स्थापना दिवसकै दिन डेण्टल सेवाको पनि उद्घाटन गरिएको छ । प्रतिष्ठानका सिनेट सदस्य देवनारायण चौधरीले डेण्टल सेवाको उद्घाटन गर्दै स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कसैले पनि राजनीतिकरण गर्न नहुने बताए । डेण्टल विशेषज्ञसहित सेवा आरम्भ गरिएको हो ।

प्रतिष्ठानको प्रथम वार्षिक उत्सवमा सत्तापक्ष नेकपासँगै प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय प्रमुखलगायतका कार्यालयका प्रमुखहरु उपस्थित भएनन्।

‘राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाऔँ अभियान’ विरोध जुलुसलाई नेकपाले समर्थन गर्दै आएको छ । प्रथम वार्षिकोत्सवमा कांग्रेसका सांसद तथा नेताहरु मत्रै देखिएका थिए ।

प्रकाशित मिति: सोमबार, असोज १३, २०७६  १९:२३
प्रतिक्रिया दिनुहोस्