site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालसामु टेष्‍ट राष्ट्र जिम्बाब्वेलाई हराउने अवसर, युवा टोलीले रच्‍नसक्छ इतिहास
SkywellSkywell

काठमाडौं । सिंगापुरमा आगामी शुक्रबारबाट तीन राष्ट्र सम्मिलित त्रिकोणात्मक टि –ट्वान्टी क्रिकेट सिरिज सुरु हुँदैछ । सिरिज नेपालका लागि अवसर र चुनौती दुवै बन्नसक्छ । एसोसिएट राष्ट्रको बलियो एसियाली टोली मानिएको नेपालले सिरिजमा सिंगापुर र जिम्बाब्वेसँग दुई–दुई खेल खेल्नेछ ।

राउन्ड रोबिनमा हुने सिरिजमा नेपालले शुक्रबार टेष्ट मान्यता प्राप्त राष्ट्र जिम्बाब्वेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । सिंगापुरसँग उमेर समूहसँगै सिनियर टोलीसँग पनि खेलिसकेको नेपालका लागि जिम्बाब्वेविरुद्धको खेल नयाँ अवसरसँगै चुनौती पनि हुनेछ । नेपाली खेलप्रेमी र खेलाडी जिम्बाब्वेविरुद्धको खेल हेर्न आतुर छन् । 

पटक–पटक एकदिवसीय विश्वकप खेलिसकेको जिम्बाब्वेविरुद्धको खेल विश्व क्रिकेटमा नेपालको नयाँ फड्को हुनसक्छ । नेपाली टोलीमा अधिकांश नयाँ र युवा अनुहार छन् भने जिम्बाब्वेसँग अनुभवी खेलाडी । नेपाली युवा टोलीले आफ्नो उत्कृष्ट खेल कौशल प्रदर्शन गर्न सके नयाँ इतिहास बन्नसक्छ ।

KFC Island Ad
NIC Asia

नेपाल र जिम्बाब्वेको इतिहास

जिम्बाब्वे टेष्ट मान्यता प्राप्त राष्ट्र हो । नेपालले हालसम्म टेष्ट मान्यताप्राप्त राष्ट्रसँग एकमात्र खेल खेलेको छ । नेपालले पहिलो खेल सन् २०१४ मा टि–ट्वान्टी विश्वकपमा बंगलादेशविरुद्ध खेलेको थियो । 

Royal Enfield Island Ad

त्यसपछि नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्रविरुद्ध एकदिवसीय र टि–ट्वान्टी खेल खेल्न पाएको छैन । जिम्बाब्वेसँगको खेल टेष्ट राष्ट्रविरुद्ध नेपालको दोस्रो खेल हुनेछ । यसअघि २०१८ को मार्च ४ मा आईसीसी विश्वकप छनोटमा नेपाल र जिम्बाब्वेबीच प्रतिस्पर्धा भएको थियो । 

उक्त खेलमा नेपाल १ सय १६ रनले पराजित भएको थियो । ५० ओभरको खेलमा जिम्बाब्वेले नेपालसामु ३८१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफले नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २६४ रन बनाएको थियो । 

जिम्बाब्वेविरुद्ध जित निकाल्न नसके पनि नेपालले गरेको ब्याटिङको प्रशंशा भएको थियो । त्यो खेलमा नेपालका लागि कप्तान पारस खड्काले ४० रन बनाउँदा ज्ञानेन्द्र मल्लले ३२ आरिफ शेख ५०, शरद भेषावकर ५२, दिपेन्द्र ऐरी २३ र रोहित पौडेलले ३० रन जोडेका थिए ।

त्यो एकदिवसीय खेल भए पनि टि–ट्वान्टी क्रिकेटमा भने नेपालले पहिलोपटक जिम्बाब्वेको सामना गर्दैछ । सिरिजका लागि मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले एक साताअघि युवा टोलीलाई समेट्दै टोली घोषणा गरिसकेका छन् । युवा टोलीबाट गतिलो प्रदर्शनको अपेक्षा राखेका कप्तान खड्का नयाँ इतिहास बनाउन चाहन्छन् ।

त्यसो त नेपाली टोलीलाई टेष्ट राष्ट्र जिम्बाब्वेसँग जित निकाल्ने अवसर पनि छ । किनकी जिम्बाब्वेका तीन महत्वपूर्ण खेलाडी टोलीमा छैनन् । 

टि–ट्वान्टी क्रिकेटमा जिम्बाब्वेका लागि सर्वाधिक १६ सय ६२ रन बनाएका कप्तान हामिल्टन माजाकाड्जाले यसै साता संन्यासको घोषणा गरिसकेका छन् । आफ्नो क्रिकेट करिअरको अन्तिम खेलमा सर्वाधिक ७१ रन बनाएका उनले अफगानिस्तान र बंगलादेशविरुद्धको त्रिकोणात्मक टि–ट्वान्टी सिरिजबाट संन्यास लिए । उनको संन्याससँगै जिम्बाब्वेले नयाँ कप्तान बनाउनेछ । 

अरु खेलाडी पनि टोलीबाट बाहिरिएका छन् । नेपाली क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघ (क्यान) जस्तै जिम्बाब्वे पनि निलम्बनमा छ । निलम्बनसँगै पछिल्लो समयको प्रदर्शन हेर्ने हो भने कमजोर अवस्थामा रहेको जिम्बाब्वेविरुद्ध नेपाललाई इतिहास बनाउने अवसर छ । 

जिम्बाब्वेको यात्रा

सन् १९९२ मा पहिलो पटक टेष्ट मान्यता पाएको जिम्बाब्वेको प्रदर्शन खराब छ । टेष्ट मान्यतापछि त्यहि वर्षको अक्टोबरमा भारतसँग पहिलो टेष्ट खेलेको जिम्बाब्वेले १९९५ सम्म ३० टेष्टमा मात्र एउटामा खेलमा जित निकालेको थियो ।

त्यसपछि लामो समय टेष्टमा नरहेको जिम्बाब्वे २०१० देखि २०१३ सम्म लयमा फर्कियो । आर्थिक समस्यामा पिल्सिएको जिम्बाब्वेले बंगलादेशमाथि १ सय ३० रनको जित निकालेको थियो । हाल टेष्ट बरियतामा जिम्बावे ९ औं स्थानमा छ ।

एकदिवसीय मान्यता प्राप्त नेपालले टेष्ट राष्ट्र जिम्बाब्वेसँग जित निकाले नेपाली क्रिकेटमा ऐतिहासिक जित हुनेछ । टि–ट्वान्टी क्रिकेटमा जिम्बाक्वेको गतिलो प्रभाव छैन । अहिलेसम्मको ७० अन्तर्राष्ट्रिय टि–ट्वान्टी खेलमा जिम्बाब्वे १५ मा विजय हासिल गरेको छ भने ५३ खेलमा पराजित छ । २ खेल भने टाइ भएको थियो । हालै बंगलादेश र अफगानस्तान आबद्ध त्रिकोणात्मक टि–ट्वान्टी सिरिजमा पनि जिम्बाब्वेको गतिलो प्रदर्शन हुन सकेन । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ७, २०७६  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro