site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पार्ट टाइम काम गर्ने चाहिएको छ ? श्रीयोगमा पाइन्छ

काठमाडौं । तपाईंलाई पार्ट टाइम काम गर्ने मानिस चाहिएको छ ? कहाँ खोज्ने ? इन्टरनेटमा सर्च गर्नुहुन्छ । तर, पाउन मुस्किल छ । समाधान ल्याएको छ श्रीयोग डटकमले । मानिसको दैनिकीलाई सहज बनाउन श्रीयोग कन्सल्टिङ्ग प्रालिले श्रीयोग डटकम नामक वेबसाइटबाट यस्तो सेवा दिन थालेको हो । 

यस डिजिटल प्लाटफर्मकोे प्रमुख उद्देश्य बेरोजगारी समस्याले अल्मलिरहेका जनशक्तिहरुमा रहेको सीप तथा अनुभवलाई उचित ढंगबाट प्रयोगमा ल्याई उनीहरुका लागि आम्दानीको बाटो सिर्जना गर्नु रहेको कम्पनीले जनाएको छ । 

Argakhachi Cement Island Ad

यसका लागि कम्पनीको डिजिटल प्लाटफर्ममा विभिन्न १८ वटा मुख्य समूह, १५० भन्दा बढी उपसमूह तथा ती पेशासँग सम्बन्धित व्यक्तिहरुको नाम, सम्पर्क नम्बर तथा ठेगाना, प्रोफाइल फिचर, नजिकको लोकेसनमा देखिने–नदेखिने बनाउन सक्ने, रेटिङ, रिभ्यु, शुल्क, अफर, कामका लागि उपलब्ध भएको–नभएको जानकारी समूहअनुसार राखिएको छ । यसबाट पार्ट टाइम काम गर्ने मौका मिल्ने कम्पनीको भनाइ छ । 

श्रीयोगमा आफूलाई सूचीकृत गर्न www.sriyog.com/register मा गएर आफूलाई दर्ता गराउनुपर्ने जनाइएको छ । दर्ता गराउँदा आफ्नो व्यक्तिगत विवरण, फोटो र अनुभवसमेत राख्न सकिन्छ । यसरी विभिन्न रोजगारीको किसिममा सूचीकृत भएका व्यक्तिहरुलाई रोजगारदाताले उनीहरुको व्यक्तिगत विवरण हेरेर सिधै सम्पर्क गर्न सक्ने कम्पनीको भनाइ छ । 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०७६  १२:२३
प्रतिक्रिया दिनुहोस्