site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
दाङका प्रमुख दुई शहरमा कांग्रेसका संस्थापक नेताका शालिक

दाङ । दाङमा प्रमुख दुई शहरहरुमा नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रशाद कोईरालाका शालिकहरु स्थापना गरिएका छन् ।

सोमबार (आज) दाङका दुई प्रमुख शहरहरु तुलसीपुर र घोराहीमा एक-एकवटा पूर्णकदका शालिकहरु स्थापना गरिएको हो । यी दुबै शालिकहरुको अनावरण गर्न पार्टी सभापति शेरबहादुर देउवा दाङ आउने छन ।

Argakhachi Cement Island Ad

नेपाली कांग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काका अनुसार पार्टी सभापति देउवाले भदौ २७ गते घोराहीमा वीपीको सालिक अनावरण गर्ने छन् भने दोस्रो दिन भदौ २८ गते तुलसीपुरमा अनावरण गर्नेछन् । शालिक अनावरण गर्न पार्टी सभापति आउने गरी सबै कार्यक्रमहरु तय गरिएको जिल्ला सभापति खड्काले जानकारी दिए ।

तुलसीपुरमा यसअघि अर्धकदको शालिक थियो । त्यो हटाएर पूर्णकदको सालिक स्थापना गरिएको छ । तर घोराहीमा भने पहिलो पटक नयाँ सालिक स्थपाना गरिएको हो । तुलसीपुरको सालिक स्थापना गर्न झन्डै ७ लाख र घोराहीमा १६ लाख खर्च भएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०७६  १८:१३
प्रतिक्रिया दिनुहोस्