राजनीति

काठमाडौं । प्रतिनिधिसभा बैठक आज पनि स्थगन भएको छ । बैठक सुरु भएलगत्तै विपक्षी दलहरूले उभिएर विरोध जनाएपछि सभामुख देवराज घिमिरेले बैठक स्थगन गरेका हुन् ।
अर्को बैठक बिहीबार दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
सभामुख घिमिरेले सदन सञ्चालनका लागि पटकपटक आग्रह गरे पनि विपक्षी दलहरूले मानेनन् । उनले आफू दलीय आधारमा बोल्न दिन तयार रहेको तर सबै सांसद बस्नुपर्ने बताएका थिए ।
आज सभामुखले बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका थिए । उनीहरू उभिएलगत्तै सत्तापक्षका केही सांसदले आपत्ति जनाएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १५:५९
प्रतिक्रिया दिनुहोस्