site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रहरीले तोड्यो गैरकानुनी रुपमा लगाइएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ताला

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासनिक कार्यालयमा लगाइएको ताला प्रहरीले तोडेको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानको नाममा गैरकानुनी रुपमा लगाइएको ताला बुधबार तोडिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

Argakhachi Cement Island Ad

बचाउ अभियानको नाम दिएर गठन भएको समितिले अदालतको आदेशको अवज्ञा गरेकोले प्रहरीले ताला तोडेको जिल्ला प्रहरी प्रमुख एसपी बेल पाण्डेले जानकारी दिए । यसअघि उच्च अदालत तुलसीपुरले प्रतिष्ठानमा कुनै पनि आन्दोलन नगर्न र नगराउन आदेश दिएको थियो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान बचाउ अभियानले प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीको राजीनामाको माग गर्दै प्रतिष्ठानको प्रशासनिक कार्यालयमा ताला लगाएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ ११, २०७६  १९:५४
प्रतिक्रिया दिनुहोस्