site stats
बाह्रखरी :: Baahrakhari
देश
उपमहानगरपालिकाद्वारा थारु भाषाको पहिलो सूचना जारी

दाङ । थारुभाषालाई कामकाजी भाषा बनाउने घोराही उपमहानगरपालिकाको निर्णय दुई वर्षपछि कार्यान्वयनमा आएको छ ।  

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेलले थारु भाषाको प्रयोगको सन्दर्भमा सूचना मागेपछि घोराही उपमहानगरपालिकाले स्थानीय भाषामै सूचना दिएको यो पहिलो पटक हो । पोख्रेल घोराही उपमहानगरपालिका वडा नम्बर १८ का बासिन्दा हुन् । उनले स्थानीय हैसियतमा सूचना माग गरेका थिए ।

Argakhachi Cement Island Ad

नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष पोख्रेलले केही दिन पहिले थारु भाषामै निवेदन दिएर सूचना माग गरेपछि उपमहानगरपालिकाले थारु भाषामै सूचना दिएर कार्यान्वयनमा ल्याएको धेरैले अर्थ्याएका छन् । स्थानीयले यसलाई संघीय अभ्यासको अनुभुत भएको बताएका छन ।

दाङमा थारुभाषा बोल्नेको संख्या ४० प्रतिशत भए पनि यसअघि थारु भाषालाई कामकाजी भाषाका रुपमा लिन सकेको थिएन ।

सुचनाको हकसँगै अब थारुभाषा बोल्नेहरुले पनि अब उनीहरुकै मातृभाषामा बोलिचाली र लिखित निवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १७:३९
प्रतिक्रिया दिनुहोस्