site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 ‘अनाथ’ बालबालिकाको सहयोगार्थ सुगम, तृष्णा र वर्षाको युरोपमा कन्सर्ट
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अनाथ बालबालिकाको सहयोगार्थ सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एन्ड बिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले साङ्गीतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘पिस एन्ड युनिटी अ म्युजिकल टुर–२०१९’ नाम दिइएको कन्सर्ट असोज २७ गते देखी कात्तिक ७ गतेसम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।  

कन्सर्टमा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा रावत सहभागी हुनेछन् । असहाय बालबालिकाको सहयोगका लागि संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो । 
 

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०७६  १७:३५
प्रतिक्रिया दिनुहोस्