site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सनी लियोन अभिनित नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । बलिउडमा बेबी डल भनिने सनी लियोनको आइटम डान्स रहेको पहिलो नेपाली चलचित्र ‘पासवर्ड’को ट्रेलर रिलिज भएको छ । भदौ २७ गते रिलिज मिति तय गरिएको पासवर्ड विश्व सम्पदा सूचीमा परेको  नेपालको एक मन्दिरको बहुमूल्य मूर्ति चोरीको विषयमा रहेको छ । रिलिज ट्रेलर हेर्दा मूर्ति चोरीपछिको खोजीमा चलचित्रको कथा अघि बढ्ने देखिन्छ ।

चलचित्रमा अनुप विक्रम शाही, बुद्धि तामाङ, विक्रम जोशी, परि राणा, रविन्द्र झा, धिरेन शाक्य, छुल्ठिम गुरुङ, प्रविण खतिवडा लगायतको अभिनय रहेको छ । रिलिज ट्रेलरमा नेपाल र बेलायतका दृश्यहरु देख्न सकिन्छ । चलचित्रमा सनी लियोनले ‘सनी मेरो नाम’ गीतमा नृत्य गरेकी छिन् ।

एवी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् भने महेद दवाडी र बस्नेतकै पटकथा र सिमा गुरुङको कथा रहेको छ । अंकित गौतम कार्यकारी निर्माता रहेकोमा लगानी अमित बस्नेत र हिराल जोशीको छ । रिलिज ट्रेलरमा अनुपलाई खलपात्रको भूमिकामा देखाइएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०७६  १२:३०
प्रतिक्रिया दिनुहोस्