site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
काठमाडौं मुशायरामा गजलको वर्षा

काठमाडौं । शुक्रबार अपरान्ह काठमाडौंमा कालोनिलो बादलकाबीच हिन्दी उर्दू गजलको घनघोर वर्षा भइरहेको थिो । लुनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरको आयोजनामा सम्पन्न काठमाडौं मुशायरामा हिन्दी र उर्दूमासमेत कलम चलाउने गजल स्रष्टाहरू मध्ये अधिकाँशले आफ्नो आफ्नो गजल तरन्नुममा गाएर सुनाए ।

डा. श्वेता दिप्तीले सहजीकरण गरेको सो कार्यक्रममा डा. कृष्णजंग राणा, बूँद राना, डा. सनतकुमार वस्ती, इम्तियाज वफा, साकिब हारुनी, सरिता पन्थी, सकिना खान, सहर महमूद र बसन्त चौधरीले हिन्दी तथा उर्दूका गजल सुनाए । सहजकर्ता डा. दिप्तीले पनि केही गजल वाचन गरिन् ।

गजल वाचनका क्रममा दर्शकदीर्घाबाट वाह ! वाह ! को भेल उर्लिएको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

डा. राणाले आफ्नो जन्मदिनमा प्रेमपूर्ण गजल गाउँदै भने, आदमीको आदमी होना जरुरी है 
दिल के अन्दर प्यारका कोना जरुरी है ।

भैरहवादेखि मुशायराका लागि आएका गजलकार बूँद राना पनि प्रेम वर्साउन थाले:
वो मेहरवाँ हुवे किसी के लिए 
जिन्दगी मिल गई जिन्दगी के लिए ।
डा. वस्ती पनि प्रेम पोख्न थाले गजलमा :
रुह को मिलता जहाँ आराम है
प्यार उस एहसास का बस् नाम है ।

यसरी  प्रत्येक गजल स्रस्टालाई डा. दिप्तीले गजल सुनाउन आग्रह गर्दैगइन् । उनले सरिता पन्थीको नाम उदघोष गरिन् ।

कञ्चनपुर महेन्द्रनगरदेखि यसै कार्यक्रमका लागि आएकी सरिताले आफू तरन्नुममा गाउन नजान्ने भन्दै गजलका शेर वाचन गरिन् ।

रखा कदम जो हमने पता सबको चल गया
आज आप के सहर का मौसम बदल गया ।
त्यस पछि इम्तियाज वफा भन्न थाले :
बात क्या थी अगर पता करते
तो मेरे हक मे दुवा करते ।

यसरी गजलको माहोलमा सबै मुग्ध थिए । त्यसैबीच सुनिए साकिब हारुनी :
खुद से डरते नही तो क्या करते 
तुझपे मरते नही तो क्या करते ।
यसरी हिन्दी उर्दू गजल सुनाउँदै गए सहर महमूद, सकिना खान, श्वेता दिप्तीहरूले ।
उता गजलमा बसन्ती रङ्ग भर्न थाले बसन्त चौधरी, 
सबको ना बोलेङ्गे हमारा क्या है 
झुक के तनहाई मे रो लेङ्गे हमारा क्या है ।

यसरी दुई चरणमा सम्पन्न काठमाडौं मुशायराले उपस्थित स्रोतालाई करिब साढे एक घण्टा गजल वर्षामा निथ्रुक्क रुझाएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ ७, २०७६  ०७:२४
प्रतिक्रिया दिनुहोस्