
काठमाडौं । ‘खेमराज स्रष्टा सम्मान’बाट यो वर्ष रामेशलाई सम्मान गरिएको छ । लोकप्रिय गायक स्व. खेमराज गुरुङको नाममा स्थापना गरिएको खेमराज गुरुङ ट्रस्टले स्व. गुरुङको तेस्रो स्मृति दिवसको अवसरमा वरिष्ठ जनगायक रामेशलाई खेमराज स्रष्टा सम्मान प्रदान गरेको हो ।
‘गाउँ–गाउँबाट उठ’, ‘बस्ती–बस्तीबाट उठ’, ‘एक जुगमा एकदिन एकचोटी आउँछ’ लगायतका गीतमार्फत परिवर्तनका पक्षमा आवाज उठाएका रामेशलाई नगद ५० हजार रुपैयाँसहितको खेमराज स्रष्टा सम्मान प्रदान गरिएको हो ।
पाँच दशकभन्दा लामो समयदेखि जनपक्षीय गीत÷संगीतमार्फत पुर्याएको योगदानको कदर रामेशलाई स्रष्टा सम्मान प्रदान गरिएको ट्रस्टले जनाएको छ । यसअघि यस्तो सम्मान वरिष्ठ गीतकार रत्न सम्शेर थापा र संगीतकार प्रकाश गुरुङलाई प्रदान गरिएको थियो ।
त्यस्तै ट्रस्टले स्मृति दिवसका अवसरमा खेमराज प्रतिभा पुरस्कार सुसन लामालाई प्रदान गरेको छ । काभ्रेको चौरी देउराली गाउँपालिकाका लामा २०४७ सालमा प्रतिभाको बडलीमार्फत सिर्जना यात्रामा लागेका हुन् । यसअघि प्रतिभा सम्मान पहिलो स्मृति दिवसमा गायिका मेलिना राई र गत वर्ष संगीतकार तथा गायक ओमप्रकाश राईलाई प्रदान गरिएको थियो ।
स्मृती सभामा गायक राजेश पायल राईले खेमराजको स्मरण गरेका थिए ।