site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले इरानमा आक्रमण गरेपछि तेलको मूल्य पाँच महिनायताकै उच्च
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकाले इरानका तीन आणविक सुविधाहरूमा शनिबार साँझ गरेको आक्रमणपछि तेलको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ । 
 
अमेरिकाले इजरायलसँग मिलेर इरानको आणविक सुविधाहरूमा आक्रमण गरेपछि एसियाली सेयरबजारहरू ओरालो लागेको थियो । तेलको मूल्य सोमबार पाँच महिनाकै उच्च बिन्दुमा पुगेको एनडीटीभीले जनाएको छ । 

तेलको मूल्य दुई प्रतिशतभन्दा माथि उक्लिएको छ, यो जनवरीयताकै उच्च हो । यसले विश्वव्यापी गतिविधि र मुद्रास्फीतिमा जोखिम निम्त्याएको समाचारमा उल्लेख छ ।   अहिले ग्लोबल बेन्चमार्क ब्रेन्ट तेल २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७९.१२ डलरमा पुगेको छ । अमेरिकी कच्चा तेल २.८ प्रतिशतले बढेर ७५.९८ डलरमा पुगेको छ । 

प्रकाशित मिति: सोमबार, असार ९, २०८२  ०७:४१
प्रतिक्रिया दिनुहोस्