साहित्य

किम कार्दशियन सामाजिक सञ्जालमा सक्रिय छिन् । तर उनको चारै सन्तान सँगै बसेको फोटो भने अहिलेसम्म सामाजिक सञ्जालमा आएको छैन ।
हालै बहामासमा छुट्टी मनाउन गएकी किमले यो मौकाको सदुपयोग गरेकी छिन् । उनले हालै आफ्ना चारै सन्तानसँग समुन्द्री तटमा रमाइरहेको पललाई फोटोमा कैद गरेकी छिन् । उनले उक्त फोटो सामाजिक सञ्जालमा सेयर गर्दै लेखेकी छिन्, “तीन जना सन्तान सँगै एउटै फोटोमा आउन गाह्रो हुन्छ जस्तो लागेको थियो, तर यो त लगभग असम्भव जस्तै हो ।”
फोटोमा उनका चारै सन्तान नर्थ, सेन्ट, शिकागो र शाम छन् । किम र उनकी दुई छोरीहरुले एउटै रगंको स्विमिङ सुट लगाएका छन् ।
भोग
प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०७६ १६:५४
प्रतिक्रिया दिनुहोस्