साहित्य

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चच हुई’को गीत सार्वजनिक भएको छ । आज सार्वजनिक ‘सिल्की सिल्की’ बोलको गीतमा राजनराज शिवाकोटी र मेलिना मानन्धरको स्वर छ ।
राजनराजसँगै श्यामल लामिछाने र एजीएलको शब्द रहेको गीतमा संगीत पनि राजनराजले नै भरेका छन् ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार आर्यन सिक्देल, मिरुना मगर, भोलाराज सापकोटा लगायत छन् ।
मंसिर ६ गते रिलिज हुने चलचित्रलाई साम्तेन भुटियाले निर्देशन गरेका छन् । चलचित्रको कथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् ।
प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६ १७:३९
प्रतिक्रिया दिनुहोस्