site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 राजनीतिक नाटक ‘महाभोज’ १४ गतेबाट मञ्चन हुँदै

काठमाडौं । नाटक ‘महाभोज’ भदौ १४ गतेबाट मञ्चन हुने भएको छ । ४० वर्ष अगाडि भारतमा मन्नु भण्डारीले लेखेको नाटकलाई नेपालीमा अनुवाद गरेर मञ्चन गर्न लागिएको हो । 

विप्लव प्रतीकले अनुवाद गरेको नाटकलाई अनुप बरालले निर्देशन गरेका छन् । नाटक भदौ १४ गतेदेखि असोज १२ गतेसम्म मञ्चन हुनेछन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सोमबार बाहेक हरेक दिन साँझ ५ः१५मा मण्डला नाटकघरमा मञ्चन हुने छ । 

नाटक ‘महाभोज’को पोस्टर पनि सार्वजनिक भएको छ । नाटकमा रमेश बुढाथोकी, राजन खतिवडा, शेखर चापागाईं, सिर्जना सुब्बा, शोमनाथ खनाल, विजय बराल, दीपा जोशी लगायत ३६ जना कलाकार छन् ।

राजनीतिक विषय उठान गरेको नाटक हो ।
 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०७६  १०:२९
प्रतिक्रिया दिनुहोस्