site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
चलचित्र निर्देशक किशोर रानाको निधन

काठमाडौं । चलचित्र निर्देशक तथा लेखक किशोर रानाको निधन भएको छ । बुधबार उनको निधन भएको हो । वि.सं. २००७ साल माघ १२ गते सुनसरीमा उनको जन्म भएको थियो । राना लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए । उनका दुबै मिर्गौलामा समस्या थियो । 

चलचित्र कर्जा, राँको, सीमारेखा, करोडपति, एक नम्बरको पाखे, सन्तानको माया लगायतका चलचित्र उनले निर्देशन गरेका थिए । उनले बलिउडमा करिब १५ वर्ष काम गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

रानाले २०७४ सालको राष्ट्रिय चलचित्र पुरस्कारमा दीर्घ साधना सम्मान प्राप्त गरेका थिए । 

अघिल्लो साता नेपाली चलचित्रकी अग्रज अभिनेत्री सुभद्रा अधिकारीको निधन भएको थियो । उनलाई २०७३ सालको राष्ट्रिय चलचित्र पुरस्कारतर्फ दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  २०:०५
प्रतिक्रिया दिनुहोस्