site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
 मैदान नहुँदा पुरुष क्रिकेट तयारीमा ढिलाइ 
SkywellSkywell

काठमाडौं । आगामी मंसिरमा नेपालमा आयोजना हुने भनिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि आयोजक नेपालले तयारी तीव्र बनाएको छ । प्रतियोगिता उद्घाटन र समापन गरिने एकमात्र अन्तर्राष्ट्रिय रंगशाला दशरथ रंगशाला स्तरोन्नतिको कामदेखि टोली तयारीलाई तीव्र पारिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) दाबी गर्छ । तर, समावेश २७ खेलमध्ये क्रिकेटको तयारी अझै सुरु हुन सकेको छैन । 

साउन पहिलो सातादेखि सबै खेलको तयारी सुरु गर्न राखेपको टोली तयारी समितिले निर्देशन दिए पनि महिला क्रिकेटको तयारी यसै साताबाट सुरु भएको छ । तर, पुरुष टोलीको सुरसार नै छैन । तयारी समितिका निर्देशक महेन्द्रकुमार राई सेप्टेम्बरबाट पुरुष क्रिकेटको तयारी सुरु हुने बताउँछन् । यसअघि उनले भदौको पहिलो साताबाट तयारी सुरु गर्ने बताएका थिए । तर, अहिले मैदानको समस्याले गर्दा पुरुष टोलीको तयारीमा ढिलाइ भएको उनी बताउँछन् । 

KFC Island Ad
NIC Asia

अहिले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा महिला क्रिकेट टोलीले तयारी गरिरहेको छ । प्रशिक्षक जगत टमाटाले महिला टोलीको तयारी सुरु गर्दा पुरुष टोलीका खेलाडी भने व्यक्तिगत रुपमा नै अभ्यास गरिरहेका छन् । 

मूलपानी क्रिकेट मैदान निर्माणको काम अन्तिम चरणमा रहेकाले पुरुष टोलीको तयारी सेप्टेम्बर पहिलो साताबाट मूलपानीमा गर्ने राखेपको तयारी छ । सागमा समावेश २७ खेलमध्ये क्रिकेट पनि एक हो । पहिलो पटक समावेश क्रिकेटको युवा टोलीले सागमा अन्य राष्ट्रका युवा टोलीसँग नै प्रतिस्पर्धा गर्नेछ । 

Royal Enfield Island Ad

सिंगापुरमा टि–ट्वान्टी विश्वकप अन्तर्गत एशियन छनोट फाइनलमा भाग लिएर फर्किएको नेपाली क्रिकेट टोलीले त्यसपछि मैदानमा प्रवेश पाएको छैन । कतार र घरेलु टोली  सिंगापुरसँग पराजित भएपछि ग्लोबल क्वालिफायर खेल्ने अवसरबाट वञ्चित नेपाली खेलाडीले त्यसपछि खेल्ने मौका पाएका छैनन् ।  सिंगापुरबाट भारत फर्केका भारतीय प्रशिक्षक उमेश पटवाल पनि नेपाल आएका छैनन् । नेपाली टोलीका व्यवस्थापक रमन सिवाकोटीले प्रशिक्षक एक सातामा नेपाल आइपुग्ने र त्यसपछि खेलाडी प्रशिक्षणमा जुट्ने बताए । उनले खेलाडी अहिले व्यक्तिगत अभ्यासमा रहेको जानकारी दिए । 

सिनियर टोलीको तयारी कहिले हुने टुंगो नहुँदा यू–१९ युवा टोली भने एशिया कपको तयारी गरिरहेको छ । ढिलो गरी युवा टोलीको एसिया कप तयारी सुरु हुँदा सिनियर टोलीको तयारीमा पनि ढिलाइ भइसकेको छ । टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लले साग तयारीबारे आफूलाई केही जानकारी नभएको बताए । 

मंसिर १५ गतेबाट काठमाडौं र पोखरामा हुने भनिएको सागमा यसपटक २७ खेलमा प्रतिस्पर्धा हुनेछ । यसपटक क्रिकेटसँगै कराते, गल्फ र प्याराग्लाडिङ समावेश गरिएको हो । घरेलु मैदानमा आयोजना हुन लागेको एसियाली खेलकुदको कुम्भ मेलामा समावेश अन्य तीन खेलको तयारी हुँदा पुरुष क्रिकेट टोली भने गुमनामजस्तै छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ४, २०७६  ०६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro