site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
१८ लघुकथा एकैसाथ सार्वजनिक 

काठमाडौं । लघुकथा कुनोको आयोजनामा १७ जना लघु कथाकारका १८ वटा लघुकथाको पुस्तक लोकार्पण भएको छ । 

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, प्राज्ञ माया ठकुरीलगायत उपस्थित अतिथिहरूले उक्त लघुकथा संग्रहहरूको विमोचन गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विमोचन हुने कृतिहरूमा खेमराज पोखरेलको ‘मदुस’ र ‘इश्वरको मृत्य’, डा. विदुर चालिसेको ‘रातो चामल’, अवतार ढकालको ‘नियतिको खेल’,रामजी चौलागाईंको ‘मन्त्रीको जुत्ता’, गणेश नेपालीको ‘अछुत’, धनराज गिरीको ‘साथी’, नारायणी पौडेल खनालको ‘उत्पति’, गायत्रीकुमार चापागाईको ‘साइत’, गंगा आचार्यको ‘छाउपडीका देवता’, विश्वनाथ खनालको ‘सहिदहरूको घोषणपत्र’, शारदा पौडेल निशाको ‘तेस्रो पाइला’, विधान आचार्यको ‘कमाइ’, टीकाराम रेग्मीको ‘आवरण’, एकदेव अधिकारीको ‘भिखारी’, ऋषि तिवारीको ‘खुटको पैसा’, उमा सिजापतीको ‘परी’ तथा मदन पौडेलको ‘परिजन’ रहेका छन् । 

विमोचन कार्यक्रममा समीक्षकहरू प्रा. कुमारप्रसाद कोइराला, डा. रजनी ढकाल, डा. चिरञ्जिवी खनाल र डा. लेख निरौलाले सबै कृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।

लघुकथा कुनोका संयोजक नारायण तिवारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गंगाप्रसाद उप्रेती, माया ठकुरी, एकदेव अधिकारी, खेमराज पोखरेललगायतले बोलेका थिए । 


 

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  २०:०३
प्रतिक्रिया दिनुहोस्