साहित्य

१९६९ मा आएको चलचित्र ‘ईजी राइडर’ का अभिनेता, सहलेखक र निर्माता पीटर फोन्डाको ७९ वर्षको उमेरमा लस एन्जलस स्थित आफ्नै घरमा निधन भएको छ । उनलाई सोही चलचित्रबाट अन्तर्राष्ट्रिय स्टारको परिचय मिलेको हो ।
लामो समयदेखि उनी फोक्सोको क्यान्सरसँग लडिरहेका थिए । उनको परिवारका अनुसार फोक्सोको क्यान्सरका कारण उनलाई श्वासप्रश्वासमा समस्या आइरहेको थियो । पीटर २० वर्षको उमेरमा ग्लामर वर्ल्डमा प्रवेश गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६ १२:१६
प्रतिक्रिया दिनुहोस्