site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘बादशाह जुट’ आगामी कात्तिकमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । चलचित्र ‘बादशाह जुट’को रिलिज मिति तय गरिएको छ । निर्माण टिमले चलचित्रको फर्स्ट लुक पोस्टरसहित कात्तिक एक गतेलाई रिलिज मिति सार्वजनिक गरेको हो ।

रिलिज पोस्टरमा अभिनेता सुशील श्रेष्ठ र खलनायक अर्थात् डनको भूमिकामा देखिँदै आइरहेका रक गायक रोबिन तामाङ फिचर्ड छन् । चलचित्रलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् भने कथा पनि उनकै रहेको छ । उनका अनुसार ‘बादशाह जुट’ रोमान्टिक सस्पेन्स कमेडीमा हल्का एक्सन मिश्रित छ ।

“चलचित्र दुई बादशाहको जीवन कथासँगै अरु पनि थुप्रै सस्पेन्स र ड्रामाले भरिएको छ,” उनले भने । चलचित्रमा हर्कबहादुर कुँवर र भोजराज श्रेष्ठको लगानी रहेको छ । चलचित्रमा सुशील र रोविनसँगै आमिर, रोषी, केइषा, रश्मीलगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रको एक गीत काफल पाक्यो यसअघि नै रिलिज भइसकेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०७६  ११:५३
प्रतिक्रिया दिनुहोस्