site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 ‘हामी कवि र कविता’मा सुनिए कवि दीप र वीपी
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । हरेक महिनाको १ गते आयोजन हुँदै आएको काव्यिक कार्यक्रम ‘हामी कवि र कविता’मा यस पटक कविद्वय दीप दर्पण र वीपी अस्तुले आफ्ना कविताहरू वाचन गरे । बितेको पाँच वर्ष अघिदेखि हुँदै आएको हामी कवि र कवितामा नयाँ र पुराना पुस्ताका कविहरूलाई ल्याएर कविता वाचन गराईँदै आइएको छ । सोही श्रृंखलाको निरन्तरता थियो, भदौ १ गतेको कार्यक्रम । 

‘हरेक महिनाको शुरूवात् केही राम्रा कविता सुनेर गरौँ’ स्लोगनकासाथ आयोजन हुँदै आएको यस कार्यक्रमलाई लुनकरणदास चौधरी साहित्यकला मन्दिर तथा सर्वनामले आयोजना गर्दैआएको छ ।  सर्वनामको प्रेक्षालयमा सम्पन्न हामीको ७०औं श्रृँखलामा कवि दीप दर्पणले ‘देश पुग्नु भन्दा पहिले’, ‘धर्म’, ‘माडसाब’, ‘चिहान’, ‘चोक निरको चिया पसल’, ‘मध्यरात’, ‘मंगले बा’, ‘मिन चाओ’ शीर्षकलगायत १० वटा कविता वाचन गरे ।

त्यस्तै कार्यक्रममा अर्का कवि वीपी अस्तुले ‘हिँडाई’, ‘वाध्यता’, ‘गल्ती’, ‘जेठको धूपमा मेरो गाउँ’, ‘नागरिकता शिविरमा मागुलाल’, ‘हामी त पिरती लाउथ्यौँ’लगायतका कविता वाचन गरे । सो अवसरमा कविद्वयलाई सर्वनामका अशेष मल्लले स्वागत गरेका थिए ।    
 

प्रकाशित मिति: सोमबार, भदौ २, २०७६  ०७:०३
प्रतिक्रिया दिनुहोस्