site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१८ : प्रारम्भिक चरणमा ३० खेलाडी छनोट

काठमाडौं । तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले प्रारम्भिक चरणमा ४६ खेलाडीबाट ३० खेलाडी छनोट गरेको छ । नेपालमा आयोजना हुने प्रतियोगिताका लागि दुई साताको प्रशिक्षणपछि नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले मंगलबार प्रारम्भिक चरणमा ३० खेलाडीलाई छनोट गरेका हुन् ।

पहिलो चरणबाट १६ खेलाडी बाहिरिएका छन् । अब नेपालले ३० खेलाडीबाट अन्तिम चरणमा २३ खेलाडी छनोट गर्नेछ । आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुने साफ यू–१८ फुटबमा नेपालले जित निकाल्ने लक्ष्य लिएको छ । प्रतियोगिताका सबै खेलहरु सशस्त्र प्रहरी बलको मैदान हलचोकमा हुनेछन् । प्रतियोगितामा समूह ए मा रहेको नेपालसँग पाकिस्तान, माल्दिभ्स, भुटान छन् । नेपालले पहिलो खेलमा पाकिस्तानको सामना गर्नेछ ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाली टिम

गोलरक्षकः विशाल सुनार, रोहित कार्की, सूर्य अधिकारी, पूजन होना

डिफेन्डरः  विशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, अशिम गुरुङ, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, विश्रान्त बस्नेत, एरिक लिम्बु, एन्जल महर्जन

मिडफिल्डरः शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, रन्जन पुन, आकाश बुढा मगर, रेजिन माझी, जय गुरुङ, मनिष थापा, कुशस पौडेल, नितिन थापा

स्ट्राइकरः ब्रिजेश चौधरी, साचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

प्रकाशित मिति: मंगलबार, साउन २८, २०७६  १७:०१
प्रतिक्रिया दिनुहोस्