site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुवाश जमरकट्टेलको “बाँच्न जति गाह्रो हुन्छ“ सार्वजनिक

काठमाडौं । चोट र पीडालाई शब्दमा उतार्दै कवि तथा गजलकार सुवाश जमरकट्टेल गितकारका रुपमा देखा परेका छन् । उनले सडक दुर्घटनामा परी मेरुदण्ड पक्षघात भएर चार महिना हस्पिटलको बेडमा रहँदाको पीडालाई गीतमा व्यक्त गरेका छन् ।

मार्मिक शब्द “बाँच्न जति गाह्रो हुन्छ “ बोलको गितको भिडियो युट्युब रिलिज गरिएको छ । गितमा चर्चित संगितकार विकास चौधरीले संगित भरेका छन् भने स्वर दिपक लिम्बुको रहेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतको भिडियो विज्ञमान राईले निर्देशन गरेका हुन् ।

मुभि फ्याक्ट्रीको सहकार्यमा गौतम क्रियसनको ब्यानरमा प्रस्तुत म्युजिक भिडियोमा शाहिल खान र सायशा बायलकोटीको मुख्य भूमिका छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १८:००
प्रतिक्रिया दिनुहोस्