site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
६६ औं नेशनल अवार्डमा चलचित्र अन्धाधुनको दबदबा

काठमाडौं । शुक्रबार दिल्लीको शास्त्रीय भवनमा ६६ औं नेशनल चलचित्र अवार्ड सम्पन्न भएको छ । २०१८ मा रिलिज भएका बलिउड चलचित्रहरु पद्मावत, महानती र केजीएफले विभिन्न विधामा अवार्ड हासिल गरेको हो ।

यसमध्ये श्रीराम राघवन को निर्देशनमा बनेको आयुष्मान खुराना स्टारर अन्धाधुनले उत्कृष्ट फिचर फिल्म र उत्कृष्ट स्क्रिन प्ले विधामा अवार्ड हासिल गरेको हो । चलचित्रमा दुष्टिविहीन पियानो मास्टरको भूमिका निभाएका अभिनेता आयुष्मान खुरानाले उत्कृष्ट अभिनेताको अवार्ड आफनो हात पारेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आयुष्मानसँगै विक्की कौशलले पनि 'उरी : द सर्जिकल स्ट्राइक'बाट उत्कृष्ट अभिनेताको अवार्ड पाएका हुन् । आयुष्मानको अन्धाधुनसँगै उत्कृष्ट 'नन फिचर' फिल्मको अवार्ड सनराइजले पाएको हो भने मराठी चलचित्रको अर्वाड चलचित्र भोंगाले प्राप्त गरेको हो ।

उत्कृष्ट संगीतको विधामार्फत चलचित्र पद्मावत बाट संजय लीला भंसालीले उत्कृष्ट निर्देशकको अर्वाड प्राप्त गरेको हो । अभिनेता आयुष्मान खुरानाले चलचित्र अधांधुन  र विक्की कौशलले चलचित्र 'उरी :द सर्जिकल स्ट्राइक' बाट उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका छन् ।

चलचित्रमा अन्धाधुनमा अभिनेता आयुषमान खुराना एक आखाँ नदेख्ने पियानो मास्टरको भूमिकामा छन् । - आजतक

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  १७:५२
प्रतिक्रिया दिनुहोस्