
काठमाडौं । गायिका कोपिला गौतमको नयाँ तीज गीत ‘आमाले पकाएको दर’ सार्वजनिक भएको छ । उक्त गीत म्युजिक खबरले सार्वजनिक गरेको हो ।
यसअघिका तीजमा गायक पशुपति शर्मासँगको ‘पोखरा फेवाताल’, ‘चौतारी ताकेर’ ‘कस्तो आयो जमाना’ जस्ता गीतमा स्वर दिइसकेकी कोपिलाले यसपालिको तीजका आमाले पकाएको दर राम्रो ल्याएकी हुन् ।
‘आमाले पकाएको दर’ गीतमा गोविन्द मधुर आचार्यले संगीत दिएका छन् भने संगीत संयोजन पनि आचार्यकै रहेको छ । गीतको शव्द लोकराज अधिकारीले लेखेका हुन् ।
यस गीतको भिडियोल स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी हुन् । सुरेश श्रेष्ठको छायाङ्कन रहेको यस भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् । गीतमा गायिका स्वयम् र चाहना राना मगरले नृत्य गरेका छन् ।