site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
फ्राइडे रिलिजमा तीन नेपाली चलचित्र 

काठमाडौं । शुक्रबार (आज) एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् । 

‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलपिचत्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देशन गरेको चलचित्र हो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘साइनो’ नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र हो । अभिमन्यु निरबीले लेखेको यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायत कलाकारको अभिनय छ । 

‘रे’ मा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा लगायतको छ । 

यता, ‘काँचुली’ मा भने ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट लगायतको अभिनय देख्न सकिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, साउन २४, २०७६  ०९:१६
प्रतिक्रिया दिनुहोस्