site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘रातो टीका निधारमा’को पहिलो गीत सार्वजनिक भएको छ । रोमान्टिक ‘मेरो माया हो..’ बोलको गीतमा नेपाल आइडल फेम्ड निशान भट्टराई र अस्मिता अधिकारीको स्वर रहेको छ ।  

रवि मल्लको शब्द रहेको गीतमा कल्याण सिंहले संगीत भरेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार द्वउ नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव–नायक अंकित शर्मा  फिचर्ड छन् । 

अशोक शर्मा निर्देशित चलचित्रमा साम्राज्ञी र अंकितसँगै बुद्दि तामाङ, रविन्द्र झा, नीता ढुंगाना, शिवहरि पौडेल,  राजाराम पौडेललगायत कलाकारको मुख्य भूमिका छ । दसैंको छेको पारेर चलचित्र रिलिज हुने ‘रातो टीका निधारमा’ मार्फत अंकित चलचित्रमा डेब्यू गर्न लागेका हुन् । उनी अशोक शर्माका छोरा हुन् । 

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  १७:०८
प्रतिक्रिया दिनुहोस्