
निर्देशक एन्डी सर्किसले चलचित्र ‘भेनम’ को सिक्वेल निर्देशन गर्ने भएका छन् । केहि दिनअघि यसका कलाकार तथा निर्माताले यसको आधिकारिक घोषणा गरेका थिए ।
एन्डीले हलिउड मिडियाले यो खबर बाहिर ल्याउनुअगावै मगंलबार इन्स्टाग्राममा चलचित्रको पोस्टर पोस्ट गरेका थिए । टम हार्डी पहिलो चलचित्र भेनममा जस्तै यसमा पनि पत्रकार एन्डी ब्रोकको भूमिकामा हुनेछन् । ब्रोकले भेनमको उत्पत्तिका लागि एक ‘एलियन सिम्बियोट’ सँग एकजुट हुन्छन् ।
भेनम सिरिजमा सर्किसले केली मार्सलको कथालाई एक्सन–कटमा ढाल्ने छन् । ‘भेनम’ २०१८ को हलिउडको मार्भल कमिकमा आधारित चर्चित सुपरहिरो चलचित्र हो । पहिलो चलचित्र भेनमले विश्वभरिको बक्स अफिसबाट ८५० मिलियन डलर व्यापार गरेको थियो ।
हिन्दूस्तान टाइम्स