site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 ‘मलाई हिरोनी बनाउने काम रामबाबु गुरुङको हो’

काठमाडौं । हास्य कलाकार कुञ्जना घिमिरे (सुन्तली)ले आफूलाई नायिका बनाउने जिम्मा रामबाबु गुरुङको भएको बताएकी छन् । आफ्नो चलचित्र ‘सेन्टी भाइरस’को निर्देशन रामबाबुले गर्ने भएपछि कुञ्जनाले आफूलाई नायिका बनाउने जिम्मा उनकै भएको बताएकी हुन् । 

“म केटाकेटी हुँदा टेलिभिजन हेर्थें । टेलिभिजनमा करिष्मा (मानन्धर), रेखा (थापा) दिदी लाई देख्थेँ । मलाई पनि उहाँहरुलाई जस्तै अभिनय गर्न मन लाग्थ्यो । नाच्न मन लाग्थ्यो,” बुधबार चलचित्र ‘सेन्टी भाइरस’ घोषणा कार्यक्रममा उनले भनिन्, “म ऐनामा आफूलाई हेरेर अभिनय गर्थें । नाच्थेँ । पछि कलाकार भएँ । अब अहिले चलचित्रमा काम गर्दैछु । म भित्र रहेको प्रतिभा कसरी निकाल्नु हुन्छ र अभिनेत्री बनाउनु हुन्छ, त्यो निर्देशक ज्यूको हातमा छ ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आफूभित्र रहेको कला निकालेर दर्शक माझ पुर्याउने जिम्मेवारी निर्देशकको रहेको बताएकी उनले आफूलाई निर्देशकप्रति पूर्ण विश्वास रहेको उनले बताइन् । 

‘सेन्टी भाइरस’ निर्देशनका लागि आफूहरुले सोचे जस्तै निर्देशक पाएको कुञ्जनाको भनाइ थियो । 

कार्यक्रममा सँगै बसेका निर्देशक रामबाबुले भने अहिले बोल्नुभन्दा पनि काम गरेर देखाउनु पर्ने बताए । “अहिले म केही बोल्दिन । अहिले बोलेर पछि काम राम्रो भएन भनेर खुव गफ गर्दिस्, के नापिस् भनेर भन्नुहुन्छ । त्यसैले अहिले म धेरै बोल्दिन ।”

‘कबड्डी’ फेम्ड रामबाबुले निर्देशन गर्ने चलचित्रमा सिताराम कट्टेल र कुञ्जना मुख्य भूमिकामा छन् । यही भदौ ३ गतेबाट छायांकन सुरु हुने चलचित्र कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।  
 

प्रकाशित मिति: बिहीबार, साउन २३, २०७६  ०७:१३
प्रतिक्रिया दिनुहोस्