site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
धुर्मुस सुन्तलीले बनाउने भए, ‘सेन्टी भाइरस’, नाफाको २० प्रतिशत सामाजिक काममा 

काठमाडौं । हास्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले कथानक चलचित्र निर्माणको घोषणा गरेका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले चलचित्र ‘सेन्टी भाइरस’ घोषणा गरेका हुन् । 

‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । कमेडी जानराको चलचित्र कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्रको मुख्य भूमिकामा धुर्मुस र सुन्तली रहेका छन् । धुर्मुस र सुन्तलीसँगै ‘सेन्टी भाइरस’मा दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, कमलमणि नेपाल, शुर्यमाला खनाल, वसन्त भट्ट, दीपक आचार्यलगातको अभिनय रहने छ । भदौ ३ गतेबाट चलचित्र छायांकन सुरु हुने छ । रिलिज डेट भने तय भइसकेको छैन । 

चलचित्र ब्यबसायिक प्रयोजनका लागिभन्दा पनि सामाजिक अभियानकै क्रममा बनाउन लागेको सितारामले बताए । उनले चलचित्रको नाफाको २० प्रतिशत सामाजिक अभियानमै खर्च गर्ने जाकारी दिए । 

१५ प्रतिशत चितवनमा निर्माणाधीन क्रिटेट स्टेडियम र ५ प्रतिशत कलाकार संघको भवन निर्माणमा खर्चिने उनको भनाइ छ । 
 

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १७:५०
प्रतिक्रिया दिनुहोस्