site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
हलिउड चलचित्रमा देखिँदै शाहरुखकी छोरी सुहाना

शाहरुख खान र गौरी खानकी छोरी सुहाना सामाजिक सञ्जालमा आएका फोटोहरुका कारण प्रायः चर्चामा आइरहन्छिन् । उनका फ्यान बारम्बार सुहानाको बलिउडमा डेब्यूको लागि शाहरुखसँग आग्रह पनि गर्छन् । तर शाहरुख भने अहिले सुहानाको पढाइ पूरा गर्ने गर्ने समय हो भन्दै सुहानाको चलचित्र प्रवेशको कुरा टारिरहेका छन् ।

यहीबीच हालै सामाजिक सञ्जालमा सुहानाको एउटा फोटो आएको छ । भारतीय मिडियाका अनुसार यो फोटो सुहानाको अभिनय रहने सर्ट चलचित्रको हो । उनको यो फोटो ‘द ग्रे पार्ट अफ ब्लू’ का निर्देशक तथा लेखक थियोडोर जिमेनोले आफ्नो इन्स्टाग्राममा पोस्ट गरेका थिए । उनले योसँगै छायांकनका केही फोटोहरु पनि पोस्ट गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सुहाना आफ्नो ग्राजुएसन सकेर अमेरिकामा अभिनय पढिरहेकी छिन् । १९ वर्षिय सुहानाको बलिउड डेब्यूका लागि भने अझै कुर्नुपर्ने हुन्छ उनका शुभचिन्तकले ।

लाइभ हिन्दूस्तान

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १७:२४
प्रतिक्रिया दिनुहोस्