site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पोखरामा नवोदितसहित तीन कवि प्रस्तुत 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पोखरा । विराटनगरका कवि मीनकुमार नवोदितसहित तीनजना कवि पोखरामा प्रस्तुत भएका छन् ।

पोखरा थिएटरसँगको सहकार्यमा विराट आदर्श साहित्यिक मञ्चको तेस्रो शृंखलाका रुपमा आयोजित कार्यक्रममा नवोदितसहित पोखराकी कवि सरस्वती श्रेष्ठ ‘सरु’ र स्याङ्जाका कवि मिलन समीर प्रस्तुत भएका हुन् । कार्यक्रममा पत्रकारसमेत रहेका नवोदितले ‘देश छाड्नुअघि’, ‘शासक र भगवान’, ‘कुरुप समयको बयान’ र ‘रहर’ शीर्षकको चारवटा कविता प्रस्तुत गरे । 

दुई दशकदेखि साहित्य र पत्रकारितामा सक्रिय नवोदितको दुईवटा कवितासंग्रह प्रकाशित छन् भने दुईवटै सम्पादित कृति छन् । गत असार १९ गते काठमाडौंस्थित राष्ट्रिय सांस्कृतिक संस्थानले नवोदितको एकल कविता वाचन कार्यक्रम गरेको थियो । त्यसअघि विराटनगरको देवकोटा पुस्तकालय र झोराहाट नाट्य समूहले समेत नवोदितलाई प्रस्तुत गरिसकेको थियो । पोखरेली स्रोतामाझ नवोदित पहिलोपटक प्रस्तुत भएका हुन् । 
 

प्रकाशित मिति: बुधबार, साउन २२, २०७६  १४:४४
प्रतिक्रिया दिनुहोस्