site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
'फास्ट एण्ड फ्युरियस' : 'हब्स एण्ड शँ'

काठमाडौं । हलिउडको एक्सन चलचित्रमा‘फास्ट एण्ड फ्युरियस’ सिरीजको विशेष स्थान छ । पछिल्लो सिरीजमा जस्तै यसपटक रिलिज भएको ‘फास्ट एण्ड फ्युरियस : हब्स एण्ड शो’मा पनि सबै पुरानो मसालाहरु देख्न सकिन्छ । तर पनि दर्शकको अपेक्षा यो सिरीजले पूरा गर्न असफल देखिन्छ ।

एमआई - आई ६ नामक खुफिया ऐजेन्सीका केही अधिकारीहरु खतरापूर्ण भाइरस (स्नोफ्लेक) प्राप्त गर्ने उद्देश्यका साथ एक मिसनमा जान्छन् । मिसनको क्रममा उनको भेट सबैका ब्रिक्सटन लोरसँग हुनपुग्छ, जो आफैंलाई एक ‘भिलेन’ भन्न रुचाउँछन् ।

मिसनको क्रममा एमआई -आई ६ का एक अधिकारीलाई होट्टी शा (वैनेसा कर्बी) लाई उक्त भाइरस 'स्नो फ्लेक' प्राप्त गर्न आफनो शरीरमा इन्जेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि टीभीमा होट्टी शाँ ( वैनेसा कर्बी) ले आफनो साथीहरुलाई मारेर एक्लै भाइरस लिएर भाग्यो भन्ने समाचार आउँछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो खबरमा कतिको सत्यता छ ? यो कुरा थाहा पाउन र सुल्झाउनका लागि निकै सक्षम र बलिया गोप्य अधिकारीहरु ल्यूक हब्स (ड्बेन जोनसन) र डेक्र्ड शंअ (जेसन स्टैदम) लाई नियुक्त गरिन्छ ।

'एक्सन र डाइलग'

ड्बेन जोन्सनले यस चलचित्रमा गर्ने अभिनय अब्बल हुने गरेको बताइएको छ । जेसन स्टेथमसँग जब उनी पर्दामा देखिँदा छुट्टै उर्जा देखिने हुन्छ ।यद्पि यो चलचित्रलाई अर्को स्तरसम्म पुर्‍याउन पर्याप्त नभएको भान हुन्छ ।

चलचित्रको केही एक्सन दृश्य निकै प्रभावकारी बनेका छन् । विशेष सिनहरु भन्नु पर्दा, ड्बेन जोन्सनले उडिरहेको हेलिकप्टरलाई जन्जिरले बाँधेर रोक्छन् । चलचित्रको अन्तिम छायांकन भएको परिवेश छ । जहाँ चट्टानहरू र सुन्दर झरनाहरू भएको ठाउँमा छायांकन भएको दृश्य निकै रोचक देखिएको छ ।

चलचित्र सम्पादनमा पनि केही सुधार गर्न सकिने सुझावहरु प्राप्त भएको जनाइएको छ । जस्तो- १३५ मिनेट लामो समयावधीलाई छ छोट्याउने, केही दृश्यहरु अनावश्यक भएको महसुस हुने आदि । वैनेसा कर्बी निकै सुन्दर देखिएकी छिन् र उनको कामको तारिफ भएको छ । 

इद्रिस अल्बाले भिलेनको छाप छोडेका छन् । साईबर जेनेटिक प्रविधिले एक शक्तिशाली अपराधी बनिसकेका ब्रिक्स्टनको भूमिका सशक्त रुपमा निभाएका छन् । - हिन्दुस्तान

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १९:०९
प्रतिक्रिया दिनुहोस्