site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
नयनराज पाण्डेसँग सिड्नीमा अन्तक्रिया
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अस्ट्रेलियाको सिड्नीमा शनिबार लेखक नयनराज पाण्डेसँग पाठकले अन्तक्रिया गरेका छन् । लेखक पाण्डेले पहिलो पटक आफ्ना कविताहरू वाचन गरेको जनाइएको छ ।

‘साताको साहित्य’ र ‘नेपाली पत्र अस्ट्रेलिया’ले आयोजना गरेको कार्यक्रममा पाठकहरूको बाक्लो उपस्थिति थियो । कार्यक्रमको सञ्चालन ‘नेपालीपत्र’का सम्पादक ऋषि आचार्य र सहजकर्ताको भूमिका लेखक तथा ‘साताको साहित्य’का सम्पादक निष्प्रभ सजीले गरेका थिए ।

कार्यक्रमको अन्त्यमा लेखक पाण्डेले आफ्ना पुस्तकहरूमा हस्ताक्षर गरेका थिए । देशबाट यति टाढा भएर पनि नेपाली साहित्यलाई सिड्नीका पाठकले दिएको स्नेह र सम्मानलाई जिन्दगीभरि नबिर्सिने भन्दै पाण्डेले आफूलाई सुन्न यतिधेरै पाठकको उपस्थिति होला भनेर अनुमान पनि नलगाएको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १७:४५
प्रतिक्रिया दिनुहोस्