site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘अर्को साताबाट ‘भद्रगोल’ प्रशारण हुन्छ’

काठमाडौं । हास्यव्यङ्ग्य टेली श्रृंखला ‘भद्रगोल’ पुनः प्रशारण हुने भएको छ । कही साता यता प्रशारण रोकिएको  ‘भद्रगोल’ अबको केही हप्तामा प्रशारण हुने छ । 

“प्राविधिक कारणले केही साता प्रशारण नभएको मात्रै हो । केही दिनमै हामी भद्रगोलकै नयाँ श्रृंखला लिएर आउने छौं,” ‘भद्रगोल’का निर्देशक तथा लेखक अर्जुन घिमिरेले बाह्रखरीसँग भने, “दर्शकको यति धेरै माया र माग हुँदाहुँदै बन्द गर्दैनौँ ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपाल टेलिभिजनसँगको सम्झौता सकिएकाले नयाँ प्रक्रियामा जाँदा केही दिन टेली श्रृंखला रोक्नु परेको उनको भनाइ छ । “टेन्डर प्रक्रिया मिलिसक्यो । मिडिया हबसँगको आर्थिक पाटो पनि मिलिसक्यो । अब नयाँ सम्झौता गरेर अर्को हप्ताबाट भद्रगोल लिएर आउने छौँ ।”

‘भद्रगोल’ पछिल्लो समय युट्युबमा रुचाइको टेली श्रृंखला हो । ‘भद्रगोल’का अधिकांश भाग युट्युब ट्रेन्डिङमा आउने गरेका थिए । 
 

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १६:३९
प्रतिक्रिया दिनुहोस्