site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
यी चलचित्र हेरिए करोडभन्दा धेरै पटक युट्यबुमा

काठमाडौं । नेपाली चलचित्र निर्माणको आंकडा बर्सेनि उकालो लागेपनि बक्स अफिसमा राम्रो प्रभाव बनाउनेको संख्या ठूलो छैन । गत वर्ष ९४ चलचित्र रिलिज हुँदा आधा दर्जनले मात्रै लगानी सुरक्षित गरे । बाँकी सबै चलचित्रले घाटा बेहोर्नु पर्यो । 

अधिकांश चलचित्र करोड रुपैयाँभन्दा बढी लगानीमा बन्छन् । तर, घाटामा जाने चलचित्रले पोस्टर छापेको पैसा पनि उठाउँदैनन् । चलचित्र घरमा एकै दिनमा उत्रिएका चलचित्रले पनि युट्युबमा भने राम्रो भ्युअर्स पाउँछन् । दिनमै १०–१२ लाख सर्च हुन्छन् । निर्माण तथा प्रदर्शन अगाडि प्रचार गरिएका अधिकांश चलचित्र युट्युब च्यानलको नेपाल च्याप्टरमा ट्रेन्डिङमा आउँछन् । 

हलमा प्रर्दशन भएको केही महिनापछि अधिकांश चलचित्र युट्युबमा अपलोड हुने गरेका छन् । युट्युबमा अपलोड गरिएका चलचित्र मध्ये केही चलचित्रले निकै राम्रो भ्युज पाएका छन् । जसमध्ये केही चलचित्र एक करोडभन्दा धेरैपटक हेरिएका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

‘प्रेम गीत’ युट्युबमा धेरै हेरिएका मध्यको एक चलचित्र हो । सुदर्शन थापाको कथा तथा निर्देशन रहेको यो चलचित्र एक करोड ८१ लाख पटक सर्च भइसकेको छ । प्रदीप खड्का र पूजा शर्मा ‘प्रेम गीत’का मुख्य कलाकार हुन् । 

‘चलचित्र प्रेम गीत–२’ पनि युट्युबमा एक करोडभन्दा धेरै पटक हेरिएको चलचित्र हो । रामशरण पठकले निर्देशन गरेको चलचित्र चलचित्र प्रेम गीत–२’ लाई एक करोड ११ लाखभन्दा धेरै पटक खोजी गरिएको छ । 
प्रदीप खड्का र अश्लेषा ठकुरी ‘चलचित्र प्रेम गीत–२’मा मुख्य भूमिकामा छन् । 

‘छक्का पञ्जा’ पनि युट्युबमा करोड भ्युज पाउने चलचित्र हो । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्रमा दीपकराज गिरी र प्रियंका कार्की मुख्य भूमिकामा छन् । ‘छक्का पञ्जा’ एक करोड ६४ लाखभन्दा धेरै पटक युट्युबमा सर्च भइसकेको छ । 

चलचित्र ‘झोले’ पनि युट्युबमा करोडभन्दा माथि हेरिएको चलचित्र हो । दीपेन्द्र के खनालले निर्देशन गरेको यो चलचित्र एक करोड ११ लाखभन्दा धेरै पटक हेरिएको चलचित्र हो । दयाहाङ राई र प्रियंका कार्की ‘झोले’का मुख्य पात्र हुन् । 
चलचित्र ‘ए मेरो हजुर–२’ पनि युट्युबमा रुचाइएको चलचित्र हो । झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजुर–२’ एक करोड ३३ लाखभन्दा धेरै पटक युट्युबमा खोजिएको छ । साम्राज्ञी राज्यलक्ष्मी शाह र सलिनमान बानियाँ यो चलचित्रका मुख्य कलाकार हुन् । 

चलचित्र ‘हामी तीन भाइ’ पनि युट्युबमा करोडभन्दा धेरैपटक हेरिएको चलचित्र हो । राजेश हमाल, निखिल उप्रेती, श्रीकृष्ण श्रेष्ठ मुख्य भूमिकामा रहेका छन् । शिव रेग्मीले निर्देशन गरेको यो चलचित्र युट्युबमा एक करोड दुई लाख पटक खोजिएको चलचित्र हो । सेलुलाइडमा निर्माण भएर युट्युबमा करोड पटक हेरिने यो एक मात्रै चलचित्र हो यो । 

‘नाईं नभन्नु ल–५’ करोडभन्दा धेरै पटक हेरिएको चलचित्र हो । विकासराज आचार्यले निर्देशन गरेको चलचित्र एक करोड १८ लाख पटकभन्दा धेरैपटक युट्युबमा खोजी गरिएको छ । स्वस्तिमा खड्का र अभिसेक नेपाल ‘नाईं नभन्नु ल–५’ मा मुख्य भूमिकामा छन् । 

विकासराज आचार्यकै निर्देशन रहेको चलचित्र ‘नाईं नभन्नु ल–४’ पनि करोड माथि हेरिएको चलचित्र हो । प्रियंका कार्की, आँचल शर्मा, पल शाह, वर्षा राउत मुख्य भूमिकामा रहेको चलचित्र एक करो ३८ लाखभन्दा धेरै पटक युट्युबमा सर्च भएको छ । 

 


 
 

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १४:४६
प्रतिक्रिया दिनुहोस्