
काठमाडौं । भारतीय कलाकार राखी शावन्तले सुटुक्क बिहे गरेकी छन् । २८ जुलाईमा उनले जेडब्लू म्यारियट होटलमा केही नजिकका व्यतिmहरुको उपस्थितिमा बिहे गरेकी हुन् ।
उनले सुटुक्क बिहे गरे पनि मिडियामा भने यो खबर फैलिन धेरै समय लागेन । उनी आफैंले पनि टाइम्स अफ इण्डियासँग कुरा गर्दै आफ्नो पतिको बारेमा र गोप्यरुपमा बिहे गर्नुको कारण खुलाएकी छन् । राखीले लण्डनमा बसोबास गरिरहेका एनआरएन रितेशसँग बिहे गरेकी हुन् । उनका अनुसार रितेश अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रपको कम्पनीमा काम गर्छन् ।
राखीका अनुसार रितेश उनका ठूलो फ्यान हुन् । उनीहरुको ह्वाट्सएपमार्फत् चिनाजान भएको थियो भने एक वर्षमा रितेशले राखीलाई ह्वाट्सएपमा नै प्रेम प्रस्ताव राखेका थिए । रितेश र राखी बिहेको १५ दिन अघिमात्रै भेटेका थिए । बिहेपछि पनि बलिउड नछोड्ने राखीले बताएकी छन् ।