site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सुवास जमरकट्टेलको ‘बाँच्न जति गाह्रो हुन्छ’ आउँदै
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । कवि तथा गजलकार सुवास जमरकट्टेलले गीतकारको रुपमा पनि डेब्यु गरेका छन् । उनी ‘बाँच्न जति गाह्रो हुन्छ’ बोलको गीत लिएर आएका हुन् । 

२०७५ पुस १८ गते सडक दुर्घटनामा परेर मेरुदण्ड पक्षघात भई ४ महिना अस्पतालमा बस्दा उनले उक्त गीत लेखेका हुन् । गीतमा आफ्नै पीडा समेटिएको उनले बताएका छन् । गीतमा विकास चौधरीले संगीत भरेका छन् भने स्वर दीपक लिम्बूको रहेको छ ।

विज्ञमन राईको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा शाहिल खान र सायशा बस्टाकोटीको अभिनय रहेको छ । भिडियो मुभि फ्याक्ट्रीको सहकार्यमा गौतम क्रिएसनको ब्यानरमा निर्माण गरिएको हो ।
 

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  १३:०५
प्रतिक्रिया दिनुहोस्