site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
 रिताको ‘अन्तः मनया मौन अभिव्यक्ति’ र ‘यो साँझको मधुरिम छटामा’ लोकार्पित 
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । गायिका एवम् कवि रिता महर्जनको नेपाल भाषाको कविता संग्रह ‘अन्तः मनया मौन अभिव्यक्ति’ तथा प्रशिद्ध गायक योगेश वैद्यद्वारा लेखिएर संगीतवद्ध नेपाली गीतहरू संगृहित एलबम ‘यो साँझको मधुरिम छटामा’ एक समारोहका बीच लोकार्पित गरियो । काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा नेपाली गीत संगीतका प्रख्यात स्रष्टाहरू गीतकार किरण खरेल, रत्नशमशेर थापा, यादव खरेल, नारायण देवी श्रेष्ठ, गायक प्रेमध्वज प्रधान र संगीतकार शम्भुजित बास्कोटा र सितारवादक तारावीर सिंह तुलाधरले संयुक्तरुपमा दुबै कृति लोकार्पित गरे ।

सोही अवसरमा आयोजक संस्थाले नेपाली सितार वादनका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने सितारवादक तारावीर सिंह तुलाधरलाई अभिनन्दन गर्‍यो । कार्यक्रममा स्रष्टा यादव खरेलले योगेश वैद्यको गायन, रचनाधर्मिता एवम संगीतमा क्रियाशीलताको चर्चा गरे । उनले युवा स्रष्टा कवि गायिका रिता महर्जनलाई शुभकामना दिए ।
किरण खरेलले आफूलाई बोल्न गाह्रो हुने भन्दै शुभकामना मात्रै व्यक्त गरे भने गायक प्रेमध्वज प्रधानले गायिका रिताको गायनको खुलेर प्रशंसा गरे ।

संगीतकार शम्भुजीत बास्कोटाले एलवममा योेगेश वैद्यको संगीतमा सजिएको गीतले पुरानो सांगीतिक संसारमा पुर्‍याएको बताए । कवि तथा गीतकार रत्नशमशेर थापाको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा योगेश वैद्य, तारावीर सिंह तुलाधर, रिता महर्जन, नीता रञ्जीत तथा प्रतिसरा सायमीले पनि बोलेका थिए । सो अवसरमा गीति एलबममा संग्रहित दुई वटा गीतमा बनेको म्युजिक भिडियो पनि प्रस्तुत गरियो । कार्यक्रमको आयोजना सीता स्मृति संगीत, किर्तीपुरले गरेको थियो ।     

प्रकाशित मिति: मंगलबार, साउन २१, २०७६  ०६:४०
प्रतिक्रिया दिनुहोस्