site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
सातै प्रदेशमा ‘सिग्नेचर प्रदेश प्रदेशमा गाई जात्रा’ हुने

काठमाडौं । काठमाडौं केन्द्रित गाई जात्रा यो वर्षबाट मोफसमा पनि जाने भएको छ । ब्रान्डवर्थ प्रा.लीले सातै प्रदेशमा गाई जात्रा कार्यक्रम गर्न लागेको हो । 

गाई जात्रा कार्यक्रमको नाम ‘सिग्नेचर प्रदेश प्रदेशमा गाई जात्रा’ दिइएको छ । गाई जात्रा प्रदेश नम्बर एकको विराटनगरबाट सुरु हुने छ । विराटनगरमा साउन ३१ गते हुने उक्त गाई जात्रा कार्यक्रम धनगढी हुँदै काठमाडौं आएर सकिनेछ । कार्यक्रम विराटनगरसँगै सिमरा, हेटौंडा, सुर्खेत, बुटवल, धनगढी, पोखरा र काठमाडौंमा हुने छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राजनीतिक तथा सामाजिक व्यङ्ग्यमार्फत हसाउँदै जनतामा चेतना जाग्रित गराउने उद्देश्यले कार्यक्रम गर्न लागिएको कलाकार मनोज गजुरेलले बाह्रखरीलाई बताए । 

उक्त कार्यक्रममा मनोज गजुरेलसँगै शैलेन्द्र सिंखडा, सुरेन्द्र केसी, रवि डङ्गोल, यमन श्रेष्ठ, पूर्ण थापा, शिवशंकर रिजाल, सुवोध गौतम, सन्ध्या बुढा, सुमन कार्की, रविना अधिकारीले आआफ्नो प्रस्तुती प्रस्तुत गर्नेछन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १८:२५
प्रतिक्रिया दिनुहोस्