site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘भारतीय चलचित्रका कारण हामी मारमा पर्‍यौं’

काठमाडौं । चलचित्र ‘मारुनी’की निर्मात्री पुनम गौतमले भातीय चलचित्रहरुको मारमा नेपाली चलचित्र परेको बताएकी छन् ।  हिन्दी चलचित्र ‘साहो’ आफ्नो चलचित्र आसपासमा आउने भएपछि उनले यस्तो बताएकी हुन् । 

“मारुनीको रिलिज मिति तोक्दा अरु कुनै पनि चलचित्र थिएनन्,” आज ट्रेलर रिलिज कार्यक्रममा उनले भनिन्, “तर अहिले साहो जस्तो बलिउडको ठूलो चलचित्र र कबड्डी कबड्डी कबड्डी जस्तो ब्राण्ड हाम्रो चलचित्रसँग जुध्न आउँदा न मैले दिनलाई रात भने न रातलाई दिन । किनकी यी चलचित्रका कारण दर्शकले हाम्रो चलचित्रलाई देख्न पाउँदैनन् । । दर्शकले हाम्रो कामलाई देख्न पाउँदैनन् भन्ने मलाई डर थियो ।” 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बलिउड चलचित्र साहोका कारण अन्य चलचित्रले मिति हेरफेर गरेपनि मारुनी भने पूर्व निर्धारित मितिमै आउने उनेले बताइन् । 

“हामी जति हल पाउछौँ त्यतिमै चलाउँछौं । यसमा डराउने हराउनेभन्दा पनि आफ्नो काममा विश्वास राख्ने कुरा हुन्छ,” उनले भनिन् । उनले वितरकहरुलाई भारतीय चलचित्रका कारण नेपाली चलचित्रलाई चेपुवामा नपार्न आग्रह पनि गरिन् । 
 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १७:४१
प्रतिक्रिया दिनुहोस्