site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘मारुनी’को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक चलचित्र ‘मारुनी’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार एक कार्यक्रमका बीच ‘मारुनी’को ट्रेलर रिलिज गरिएको छ ।

ट्रेलरमा प्रेम, विछोड र द्वन्द्वलाई देखाइएको छ । सार्वजनिक ट्रेलरमा भिनेत्री सम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का छन् । नवल नेपालले निर्देशन गरेको चलचित्रको कथा गोविन्द फुयाँल र नवल नेपालले लेखेका हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चलचित्र जगतमा आफू बोल्ड अभिनेत्रीका रुपमा परिचित भएपनि मारुनीमा भएको बोल्ड डाइलग र भूमिकालाई लिएर आफूले सोच्नु परेको बताउँदै अभिनेत्री शाहले भनिन्, “चलचित्रको स्क्रिप्ट पढ्दा काम गर्न इच्छा भएपनि आफूले त्यो चरित्रलाई निभाउन सक्छु या सक्दिन भन्ने कुरामा निकै सोच्नु परेको थियो । तर निर्माता र निर्देशकको हौसलाले काम गर्न सहज भयो ।” 

‘मारुनी भदौ १३ गते रिलिज हुनेछ । 

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १७:१५
प्रतिक्रिया दिनुहोस्