
काठमाडौं । गायक धिरज राईले लुम्बिनीमा रहेको अशोक पिलरमा भगवान गौतम बुद्धको स्टिकर टाँसेका छन् । राईले बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने स्टिकर अशोक स्तम्भमा टाँसेका हुन् ।
“बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने प्रमाण नै अशोक पिलर हो,” राईले भने, “लुम्बिनीका एक सय होटल तथा ५० वटा टुरिष्ट बसमा बुद्धको स्टिकर टाँस्ने काम गरेँ । यसले पक्कै पनि बुद्धबारे रहेको भ्रम हटाउन सहयोग गर्नेछ ।”
पछिल्लो समय उनी विभिन्न पर्यटकीय स्थलमा पुगेर स्टिकर टाँस्दै आएका छन् । केही समय अगाडि उनी पोखरा पुगेर फेवा तालमा रहेका डुङ्गामा स्टिकर टाँसेका थिए । यसैबीच गायक राईले तिलोत्तमा पुगेर बुद्ध मूर्ति फुटाएकोमा विरोध जनाएका छन् । “मूर्ति फुटाउनेलाई तत्काल कारबाही गरियोस्,” उनले बाह्रखरीसँग भनेँ, “नेपालको पहिचान र गौरवमाथि धावा बोल्नेलाई राज्यले कठोर कदम चाल्नुपर्नेछ ।”
भारतले बुद्ध आफ्नो देशमा जन्मिएका हुन् भनेपछि त्यसविरुद्ध आवाज उठाउँदै आएका राई यही अभियानका क्रममा विश्वका २५ देश पुगिसकेका छन् । “अब ४० वटा देशमा जाँदैछु,” उनले भने, “अबको १० वर्षमा बुद्ध नेपालमा जन्मिएका होइनन् भन्ने भ्रम हटाउने छु ।”