site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
अजय देवगनले श्रीमती काजोलको सुन्दरताको बयान गर्दै दिए जन्मदिनको शुभकामना

एजेन्सी । बलिउड अभिनेत्री काजोल आज अर्थात ५ अगस्टमा ४५ औं जन्मदिन मनाइरहेकी छन् । काजोलको जन्मदिनलाई विशेष बनाउन उनका श्रीमान अजयले इन्स्टाग्राममा काजोलको फोटो सेयर गरेका छन् ।

फोटो सेयर गर्दै अजयले लेखेका छन्, “उठ, अहिले तिम्रो सुन्दरतालाई निदाउन दिने बेला भएको छैन्, काजोल ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्राय हँसिमजाक गर्न रुचाउने काजेलले अजयको यो मायाले भरिएको क्यापसनलाई केही मजाक शैलीमा लेखेकी छिन् । “म उठीरहेकी नै छु, आज युगको स्कूल छैन्, आज विदाको दिन हो ।”

काजोल र अजय प्राय सामाजिक सञ्‍जालमा एकअर्काको खुट्टा तान्दै हसिँमजाक गरिरहेकै हुन्छन् । काजोलको यो फोटोलाई उनका फ्यानले मनपराइरहेका छन् । अपलोड भएको चार घण्टाभित्रै फोटोलाई एक लाख ७५ हजार भन्दा धेरैले लाईक गरिसकेका छन् ।

काजोलले १६ वर्षको उमेरमै चलचित्र ‘बेखुदी’ बाट बलिउडमा प्रवेश गरेकी थिइन् । चलचित्रले खासै कमाल देखाउन नसके पनि काजोलको अभिनयको भने जमरै तारिफ भएको थियो ।

रिल लाइफमा दर्शकले काजोलको जोडी शाहरुख खानसँग निकै मनपराएका छन् । तर रियल लाइफमा अजयसँगको साथले पनि यो जाडीलाई बलिउडको एक उदाहरणीय जोडीको रुपमा लिइन्छ ।

प्रकाशित मिति: सोमबार, साउन २०, २०७६  १५:१५
प्रतिक्रिया दिनुहोस्